समाचार

खुशीको खबर कृष्णको हात जोड्ने सपना साकार हुँदै

कृष्ण ओलीको दुवै नयाँ हात हाल्न मुम्बईमा छन् । उनीहरु साउनको पहिलो हप्तातिर मुम्बई पुगेका थिए । कृष्ण आफ्ना नयाँ हात जोड्ने प्रक्रियामै छन् ।

खुट्टा जोडिसकेका कृष्णका हात पनि अब चांडै जोडिने भएका छन् । अब नयाँ हात जोड्ने कृष्णको बर्षौ देखिको सपना साकार हुँदैछ । उनले मुम्बईबाटै आफ्नो फोटो पोष्ट गर्दै अब छिट्टै हात जोड्ने सपना साकार हुँदै गरेको संकेत दिएका छन् । उक्त फोटोको ब्यागराउण्डमा नक्कली हात र सक्कली हातको फ्रेन्डसिप प्रतीकात्मक भाव बोकेको फोटो आफ्नो फेसबुक मार्फत पोष्ट गरेका छन् ।

मन्द मुस्कान पस्किएको फोटोको क्याप्सनमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । अर्थात क्याप्सन रहित फोटो पोस्टिएका छन् । लाग्छ अब उनि जोडिएका सक्ला हात बोकेर छिट्टै नेपाल फर्किनेछन ।

कृष्णको हात जोड्न मुम्बई भैरहेको बेला उनका शुभचिन्तकहरुले सु-स्वस्थ एबम सफलताको शुभकामना दिइ रहेका छन् ।

कृष्णको हातखुट्टा हाली सकेपछी बच्चा जन्माउने योजना

कृष्ण ओली पछिल्लो समयमा निकै चर्चित बनेका व्यक्ति हुन् । उनको दुवै हात र एक खुट्टा छैन । उनको कथा थाहा नहुने सायद कमै छन् होला । कृष्णको हरेक पाइलामा उनकी श्रीमती रुपा ओलीले पनि साथ दिदैँ आएकी छिन् ।

कृष्णको अवस्था पहिले भन्दा केही सुध्रिएको छ । रुपा र कृष्णले आफूलाई सन्तान जन्माउने चाहना भएको केहि दिन अघि बताएका थिए । रुपा र कृष्णले कृष्णको हात र खुट्टा हालिसकेपछि बच्चा जन्माउने योजना बनाउने बताएका हुन् ।

कृष्ण आफैँमा कमजोर छन् तर पनि उनी आफू जस्तै अरु व्यक्तिहरुलाई धेरै सहयोग गर्छन् । उनले बेला बेलामा अनाथ आश्रम लगायत गरिब दुखीलाई सहयोग पनि गर्ने गरेका छन् ।

मुना र मदनको प्रतिक रुपा र कृष्ण

मुना मदन एक कारुणिक काब्य हो जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्छ। मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन्। यो कुराले मुनालाई निकै पिडा हुन्छ।

येही पिडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ।

उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छ। उसले मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् ” छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठूलो दिलले हुन्छ जातले हुदैन”) र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ। अनि आफु पनि मर्छ ।

यसरि कलियुगमा मुना र मदनको परिचय बोकेका प्रेमको आदर्शको रुपमा परिचित प्रेम जोडी हुन् रुपा र कृष्ण ।

उनीहरुको जिबन कथा पनि निकै दर्दनाक छ । रुपा कृष्णको यो जोडी मायाको प्रतिक हो ! कलियुगमा मायाको पाठशालाको रुपमा ग्रहण गर्न सकिन्छ, जो मुना र मदनको भन्दा निकै ओजपूर्ण देखिन्छ !

स्वर सम्राट स्वर्गीय नारायण गोपालले त्यसै यो गित गाएका होइनन, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’।

साँचै रुपाको मायाले कृष्णको जिन्दगीमा फरक पारेको छ । रुपाको निश्चल मायाले कृष्णको जिबन फेरिएको सत्य हो । सायद रुपाको माया अपुरो हुन्थ्यो भने कृष्ण आज आँशुको भेलमा पौडी रहेका हुन्थे । बेसहारा जिबन बाँची रहेका हुन्थे ।

तर एउटा नारीको मायाले आज धेरै फरक पारेको छ । मायाको प्रति मुर्ति हुन् रुपा र कृष्ण । मायामा धोका खानेहरुका लागि रुपा र कृष्णको जिन्दगि एउटा पाठशाला हो ।

कृष्ण ओली अक्सर फिल्म हेर्ने गर्छन । फिल्म हेर्नु उनको हबिज पनि हो । कृष्णले नेपाली चलचित्रलाई माया गर्छन । रुपा र कृष्णको प्रेम कहानी पनि फिल्म सुटिंगले संयोग जुटाई दिएको थियो ।

प्राय फिल्म हेर्न मनपराउने यो जोडीको जिबन मिलनको कारक पनि फिल्म नगरी थियो ।

यसरि फिल्म हेर्न रुचाउने कृष्णको मनपर्ने हिरो मध्ये एक हुन् बिराज भट्ट । तिनै आफ्नो फेव्ब्रेट हिरो बिराज भट्टसंग सेल्फी खिचेको फोटो आफ्नो फेसबुकमा पोष्ट गर्दै खुसि साटेका छन् ।

रुपा-कृष्ण लागे समाज सेवामा

सामाजिक संजालमा निकै चर्चित जोडी रुपा मगर ओली र कृष्ण ओली सामाजिक सेवामा पाइलो चाल्न थालेका छन् ! आफ्नो उपचार सफल भएपछी सामाजिक सेवामा क्रियाशील रहने बाचा गरेका कृष्ण र रुपा अरु दुखि गरिबहरुको सेवामा सक्रिय हुन थालेका हुन् ।

यसै शिलशिलामा ललितपुरका क्यान्सर पिडित धर्म ओलीलाई रुपा कृष्णले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ! बिगत लामो समय देखि क्यान्सर पिडित रहेका ओलीलाई आर्थिक अभाबका कारण उपचार गर्न समस्या परिरहेको बेला उनीहरुले आर्थिक सहयोग गरेका हुन् ।

उनको उपचारका लागि रुपा र कृष्णले ५० हजार आर्थिक सहयोग गरेका छन् । आर्थिक अबस्था निकै कम्जोर भएकाले सहयोगी मनहरुलाई सहयोग गर्न रुपा मगर ओलीले आग्रह गरेकी छिन ।

क्यान्सर पिडित धर्म ओली बिगत मङ्सिर देखि नेपाल क्यान्सर हस्पिटलमा उपचार गरिरहेका छन् ! ३ वटा अपरेसन गरेर पाँचौ किमो चधाउदा थुप्रै खर्च भएको पिडितकि श्रीमतीले बताइन ।

रुपाले सहयोग रकम हस्तान्तरण गर्दै भनिन, जसरि हामीहरुलाई सहयोग गरेर नयाँ जिबन दिनु भयो त्यसैगरी क्यान्सर पिडित धर्म दाईलाई पनि सहयोग गर्न अनुरोध गर्दछु’ ।

सहयोग गर्न चाहाने मनकारीहरुले आफुलाई सम्पर्क गर्न पनि रुपाले बताएकी छन् । धर्म ओलीलाई सहयोग गर्न चाहानेले रुपा मगर ओली संग सम्पर्क गर्न सक्नु हुनेछ ।

पश्चिम रुकुम सानो भेरी गाउँपालिकाका ३५ बर्षे धर्म राज ओलीको क्यान्सर कारण उनको लिङ्ग काटिएको छ ! उनलाई क्यान्सर भएको गत मंगसिर देखि थाहा भएको थियो ।

त्यसअघि १० बर्षे जनयुद्द ताका अर्घाखाँचीमा भएको सरकार र बिद्रोही माओबादि बिचको भिडन्तमा उनको संबेदनसिल अंगको नजिकै बमको छिर्का लागेको थियो । त्यहि घाउबल्झिदा क्यान्सर भएको हुनसक्ने ओलीले बताउछन ।

जब क्यान्सर लागेको पत्ता लाग्यो तब पिसाब गर्ने ठाउनै नराखी अपरेसन गरिएको छ ।

रुकुमका ओली १० बर्षे सस्त्र जनयुद्दका सिपाही हुन् ! उनका बुबा बेपता भएको आज २१ बर्ष भएको छ । ओली भन्छन, ‘म रुकुम जन्मनु भाग्यको दोष थियो होला, कलिलो उमेरमा मेरो समय जनयुद्दमा बित्यो, त्यसपछि अहिले क्यान्सरले थला परे ।’

उनका एक श्रीमती संगै दुइ वटा बच्चा छन् । बृद्द आमा छन् । आमा घरमा एक्लै छन् । २१ बर्ष देखि आमा एक्लै हुनुहुन्छ, बुबा अझै भेटिनु भएन, उनले इन्द्रेणी कार्यक्रममा रुँदै सुनाए । बुबा इन्डिया जान्छु भनेर हिड्नु भएको अहिले सम्म नफर्किएको बताए ।

यस्तै होनाहार युद्दाहरुको त्याग तपस्याले जनयुद्दका नेताहरु सिहदरबार छिरे तर प्रत्यक्ष लडेका योद्दाहरू अलपत्र परेका छन् । शरीरको क्यान्सरको उपचार नपाएर तड्पी रहेका छन् । यो सब गरिबीको कारण हो । जनताले दिएको बलिदानीमा आफ्नो पदपूर्तिमा कुर्सिको भागबण्डामा लगाए । वास्तविक गरिबहरुको मुद्दालाई सम्बोधन गर्न सकेनन ।

हिजो हामि जसका लागि लडेका थियौ, उनैहरु आज बिचल्लीमा परेका छन् । यो देशको राज्य ब्यबस्था हुने र खानेहरुका लागि मात्रै भयो ।

जनयुद्दका नेताहरु दरबार तिर लागे सिपाही धर्महरु खाडी तिर लागे । परिवर्तनको मुद्दा बोकेको जनयुद्द बिचैमा अलमल्लिए पछि धर्म ओली जिन्दगीको जोहो गर्न साउदी पुगे । अब बाँचुन्जेल उनको आफ्नो परिवारलाई खुसि दिने ध्येय बोकेर परिवर्तनको सपना बोकेको देश छोडेर परायाको गुलामी गर्न उडे ।

तिनै देश बनाउछु भनी हिडेका योद्दा आज मृत्युको मुखमा जिबन संग खेलिरहेका छन् ।

उनको क्यान्सर नियन्त्रणका लागि किमो भैरहेको छ । ३ वटा अप्रेसन भएका छन् । धर्म काठमान्डौको ललितपुरमा बस्छन तर घरको भाडा तिर्ने रकम नभएर घरबेटीले पनि केहि दिनका लागि फ्रीमा बस्न भनेका छन् ।

उनको क्यान्सर शरीर भित्र छिरी सकेको छ । सम्भबत निको नहुने अबस्थामा पुगेको छ । तै पनि उनको उपचारका लागि संसार भरका सहयोगी हातहरुले सहयोग गरिरहेका छन् । आशा कुमारी वली निकै भावविह्वल छिन । उनि दिन रात रुँदै हारगुहार गरिरहेकी छन् । आशाले आफ्नो श्रीमानलाई बचाउन २० लाख धेरै खर्च गरिसकिन तर सन्चो हुने अबस्था छैन । उनि श्रीमानलाई बचाएर घर फर्काउन चाहान्छिन । उनले भन्छिन, श्रीमानलाइ बचाएर लान्छु कि भन्ने आशा छ, अहिले सम्म २० लाख ऋण लागेको छ । श्रीमानलाई सन्चो हुने दिन कुर्दा कुर्दै आशाहरु नै मरिसके । अब म के गरु । भन्दै भक्कानिएर रोइन ।

यिनै पिडित ओलीका लागि रुपा मगर ओलीले सहयोगको अपिल समेत गरेकी छन् ।

Related Articles

Close